काठमाडौं– काठमाडौंको मैतीदेवीमा सञ्चालित गोल्ड माइन कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बालुवाटार घर भएकी कन्सल्टेन्सी सञ्चालिका मञ्जु रानामगरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
उनीसँगै उनलाई सहयोग गर्ने ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका घर भएकी ३८ वर्षीया तिर्थमाया कार्की पनि पक्राउ परेकी छन् ।
कन्सल्टेन्सी सञ्चालिका मञ्जुले चेक रिपब्लिक र सर्बिया पठाउँछु भनेर १ करोड ३६ लाख रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध १७ जना पीडितले जाहेरी दिएका छन् ।
तिर्थमाया ४ जना पीडितबाट २४ लाख लिएर फरार भएकी थिइन् । मन्जु राना मगर मार्फत विदेश पठाउने भनेर रकम असुल गरेको उनले प्रहरीसँग बताएकी छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।