काठमाडौं– चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति १२ बजे चितवनको रत्ननगर नगरपालिका–४ वडा कार्यालय नजिकै भित्री सडकमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई घरको भित्ता ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार उक्त मोटरसाइकल स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकल ठोक्किंदा घरको भित्तामा समेत क्षति पुगेको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ बन्सीका १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।