भोलिदेखि लगातार परिरहेको झरी कम हुँदै जाने

  • २०८१ अषाढ २३, आईतबार (१ साल अघि)
  • ५५३ पटक पढिएको
भोलिदेखि लगातार परिरहेको झरी कम हुँदै जाने

काठमाडौं– शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने भएको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ ।

पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो । भोलिदेखि वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ ।

मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट