





























काठमाडौं– हिजो सम्पन्न भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।


महानगरपालिकाले उपविजेता नेपाली टोलीमा रहेका १४ खेलाडी र मुख्य प्रशिक्षक जगदीश भट्टलाई समान १–१ लाख नगद पुरस्कारसहित सम्मान गरेको हो ।
यस्तै सहायक प्रशिक्षक भरत यादव, टिम व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई समान ५०–५० हजार प्रदान गरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
