





























झापा– झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालकको ज्यान गएको हो ।


झापामा साउन १ गतेयता डेङ्गी सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगेको छ । यही अवधिमा कोशी प्रदेशमा डेङ्गीबाट एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।
सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
