काठमाडौं– यही भदौ २८ र २९ गते काठमाडौंमा नेपाल युथ समिट (युवा सम्मेलन)आयोजना गरिने भएको छ ।


राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए ।
स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।
समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ । समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतिले जानकारी दिए ।
समिटमा देशभरबाट उत्कृष्ट युवा उद्यमी, व्यावसायी, चिकित्सक, पत्रकार, खेलाडी, कलाकार, जनप्रतिनिधिलगायतको उपस्थिति रहने पनि उनले जानकारी दिए । दुई दिनसम्म चल्ने समिटमा फरक एजेन्डाहरुमा विभिन्न सत्रहरु चल्नेछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
