धादिङमा एक वृद्धा मृत फेला

धादिङमा एक वृद्धा मृत फेला

काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुरभञ्ज्याङ्गस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएका छन् ।

Advertisement

८६ बर्षिया सुन्तली घलेलाई गत राती घर नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

उनका अनुसार घर भन्दा करिब ५०/६० मिटर पर मृत अवस्थामा भेटिएको हो । मृतकको शरिरमा चोट पटक लागेकाले हत्या गरिएको हुन सक्ने आशंका गरिएको उनले बताए ।

उक्त घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले नीलकण्ठ नगरपालिका–८ ससाह नजिकैबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको उनले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट