





























काठमाडौ– बागलुङको जैमिनी नगरपालिका- ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ ।


जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भ्यान सडकबाट करिब १०० मिटरभन्दा तल खसेको थियो। भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
