बोलेरोले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु, एक घाइते

  • २०८१ कार्तिक २६, सोमबार (१ साल अघि)
  • ५८२ पटक पढिएको
बोलेरोले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।

Advertisement

ताल्तिबाट मलेखु जादै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले ठक्कर दिदा बेनीघाट–२ की १९ वर्षिय अनिशा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

त्यसैगरि, २६ वर्षिय प्रशंसा मिजार घाइते भएकी छिन् । चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट