किशोरीहरुलाई महिनावारी स्वच्छता तालिम र आवश्यक सामाग्री वितरण

  • २०८१ फागुन १९, सोमबार (१ साल अघि)
  • ५८४ पटक पढिएको
किशोरीहरुलाई महिनावारी स्वच्छता तालिम र आवश्यक सामाग्री वितरण

काठमाडौं– धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नं ६, ८ र १० मा अवस्थित पञ्चकन्या, कालिका राष्ट्रिय, माध्यमिक विद्यालय र गोईराङ आधारभुत बिद्यालयमा अध्ययनरत ३ सय ९९ जना किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धि तालिम दिइएको छ । शैक्षिक सामग्री तथा स्वच्छता सामग्रीको अभावका कारण विद्यालयमा नियमिततामा नभएकाले बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न तालिम दिएर महिनावारी स्वच्छता तथा शैक्षिक सामाग्री र पोशाक सहयोग गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठले बताए ।

Advertisement

स्वछता सामाग्री सहितको टोट झोला तथा सोलार लाईट, पोशाक, स्कुल व्याग र शैक्षिक सामग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । ‘महिनावारी स्वच्छताको कारण किशोरीहरुमा हुने समस्या तथा समाधानका बारेमा ज्ञानको कमि र सामग्रीको अभावबाट शारीरिक तथा मानसिक असर नपरोस् भन्ने सोचका साथ विद्यालयसँगको समन्वयमा तालिम सहित सामाग्री सहयोग गरिएको हो’ उनले भने– ‘चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत प्रदान गरिएको स्वच्छता तथा शैक्षिक सामाग्री सहयोगले बालिकालाई विद्यालयमा नियमितता हुन प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने अपेक्षा रहेको छ ।’

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर मगर, प्रयास नेपाल धादिङका निवर्तमान अध्यक्ष रेष्टन कडेल, चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डि.एस. अफिसर श्रीकान्त लुइँटेलले तालिम र वितरण गरिएको सामाग्रीले बालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

बालबालिकाको शिक्षा, बाल अधिकार र समग्र शैक्षिक ,मानसिक र बौद्धिक विकासका लागि बालमैत्री कक्षा कोठा, व्यवस्थापन, अभिभावक शिक्षा, बाल विकास शिक्षक सहित १९ बिद्यालयका सबै शिक्षकलाई बालमैत्री शिक्षण सम्बन्धि तालिम, पुस्तकालय, विज्ञान प्रयोगशाला, सिकाई केन्द्र भवन, शौचालय निर्माण, बालक्लब गठन, परिचालन, अतिरिक्त कक्षा संचालन लगायतका बालबालिका केन्द्रित कार्य गर्दै आईरहेको प्रयास नेपाल धादिङले यस अघि पनि वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट