जिल्ला प्रशासन कार्यालयको गेटमा पत्रकारको धर्ना

  • २०८३ जेष्ठ २७, बुधबार (१ मिनेट अघि)
  • १२ पटक पढिएको
जिल्ला प्रशासन कार्यालयको गेटमा पत्रकारको धर्ना

धादिङ– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नेतृत्वमा चरणवद्द रुपमा रहेका पत्रकारहरुले बुधबार प्रशासनको मुल गेटमा धर्ना दिएका हुन् ।

जिल्लामा कृयाशिल पत्रकारहरुले प्रशासनको मुल गेटमा एक घण्टा धर्ना दिएका हुन् । धर्नामा पत्रकारहरुले आफ्नो क्यामेरा, डायरी, पेन लगायत सामग्री भुईमा राखेर व्यानरसहित विरोध गरेका थिए ।

पत्रकार महासंघ आन्दोलनकै क्रममा रहेकाले प्रेस स्वन्त्रता विरोधी नीति सरकारले फिर्ता नलिए आन्दोलन थप लम्बिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले पनि पत्रकारहरुको मागलाई समर्थन गर्दै सहयोग गर्न तयार रहेको बताएकी छन् । जिल्ला प्रशासन कार्यालय धादिङको मूल गेटमा धर्नामा रहेका पत्रकारहरूको माग पूरा गर्न आफूले सक्ने सहयोग गर्ने उनले बताएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट