विश्वकपमा दक्षिण कोरियाको विजयी शुरूवात 

  • २०८३ जेष्ठ २९, शुक्रबार (५ घण्टा अघि)
  • १४ पटक पढिएको
विश्वकपमा दक्षिण कोरियाको विजयी शुरूवात 

काठमाडौं– दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउदैँ फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ । दोस्रो हाफको १४ मिनेटमा दुई गोल फर्काउँदै २-१ को जीत निकालेको हो ।

दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो ।

५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो । ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा गरेका थिए ।

खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेड गरि चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएका थिए । तर, अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन ।

८०औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जित निकाल्न सफल बनायो।

समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकतालिकाको पुछारमा छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट