अमेरिकाद्वारा पाराग्वे पराजित  

  • २०८३ जेष्ठ ३०, शनिबार (१८ मिनेट अघि)
  • १३ पटक पढिएको
अमेरिकाद्वारा पाराग्वे पराजित  

काठमाडौं– आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा जीत जीत निकालेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो ।खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो ।स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो ।

त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए ।

पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे । पाराग्वेका मौरिसियोले ७१औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जित निकाले ।

जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा छ । उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन् । यसअघि आजै भएको खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट