त्रिपुरासुन्दरी गाउँपालिकाले ल्यायो सवा ६१ करोडको बजेट 

  • २०८३ अषाढ ६, शनिबार (२ घण्टा अघि)
  • १८ पटक पढिएको
त्रिपुरासुन्दरी गाउँपालिकाले ल्यायो सवा ६१ करोडको बजेट 

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २५ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले शुक्रबार १९ औ गाउँसभा मार्फत नीति तथा कार्यक्रम र अनुमानित आय व्यय सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिका उपाध्यक्ष देवराज धरेलले प्रस्तावित बजेट पेश गरेका हुन् । हरेक वडामा ३५ लाखको दरले बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकास अन्तरगत १३ करोड ४४ लाख, शिक्षामा ३ करोड, स्वास्थ्यमा १ करोड ५० लाख, आर्थिक विकास अन्तरगत ४८ लाख, सामाजिक विकास अन्तरगत कुल रकम ४ करोड ९० लाख, वातावरण तथा विपद् व्यवस्थापन अन्तरगत ४८ लाख विनियोजन गरिएको छ ।

कृषि विकासतर्फ १५ लाख, पशु विकासतर्फ १० लाख, सहकारी प्रवर्धनतर्फ ३ लाख, पर्यटन प्रवर्धन तर्फ १५ लाख, श्रम तथा रोजगारी सिर्जना तर्फ ५ लाख, जिविकोपार्जन उत्थानशीलता विकास तर्फ १० लाख, महिला बालबालिका तथा लक्षित समुह २० लाख, युवा, खेलकुद तथा नवप्रर्वतनमा १० लाख रहेको छ ।

 समपुरक अनुदान साझेदारी तर्फ ३ करोड ३० लाख, दायित्व स्थानान्तरण तर्फ ३ करोड, पालिकास्तरिय योजना तर्फ १ करोड ३७ लाख, सार्वजनिक निजी साझेदारी तर्फ ३५ लाख रहेको छ।

विपद् व्यवस्थापन तर्फ ३५ लाख, जैविक विविधता संरक्षण तर्फ ३ लाख, फोहोरमैला व्यवस्थापनतर्फ १० लाख रहेको छ। सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह अन्तरगत ९ करोड ८८ लाख रहेको छ । कार्यालय संचालन तथा सेवा प्रवाह तर्फ ९ करोड २० लाख, शुशासन तथा संस्थागत विकास तर्फ ६० लाख, न्यायिक समिति तर्फ ८ लाख प्रस्ताव गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित ६८ करोड ४९ हजारमा जेष्ठ मसान्तसम्म चालुतर्फ ४३ करोड २१ लाख ६२ हजारमा खर्च २९ करोड ५६ लाख ८२ हजार र पुँजीगततर्फ २४ करोड ७८ लाख ८७ हजारमा ८ करोड ०७ लाख ८ हजार खर्च भएको छ । ६८ करोड ४९ हजारमा ३७ करोड ६३ लाख ९० हजार खर्च भएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले बताए ।

गाउँसभामा आर्थिक विधेयक,२०८३ (संसोधन समेत) तथा गाउँपालिकाको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि तयार भएको विनियोजन विधेयक,२०८३ समेत पेश गरिएको थियो।बैठकले प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

नीति तथा कार्यक्रमलमा शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, पर्यटन तथा धार्मिक क्षेत्र प्राथमिकतामा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए ‌। विगतका राम्रा योजनाहरूलाई निरन्तरता र केही नयाँ योजनाहरु नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको छ । धार्मिक तथा पर्यटन क्षेत्र अन्तर्गत त्रिपुरासुन्दरी माई, फटिक खम्बा र नृसिंहधामलाई पर्यटकीय पदमार्ग जोड्ने जस्ता कार्यक्रम रहेको उनले बताए । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ निति तथा कार्यक्रम र बजेट ल्याइएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट