सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्छः प्रधानमन्त्री शाह

  • २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
  • १३ पटक पढिएको
सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्छः प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्ने बताएका छन् । सरकार एक्प्रेस वेमा हिँडेको गाडी भएकोले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएका हुन् ।

Advertisement

‘सरकार भनेको गाडी जस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नु भएको छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हुन्छ । हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

चितवनको भतरपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका क्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको तुलना गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गरेका थिए । तर प्रधानमन्त्री बालेनले लोकल गाडीमा मात्रै ब्रेकको खाँचो पर्ने बताएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट