धादिङका किसानलाई ‘कृषि एम्बुलेन्स’

धादिङका किसानलाई ‘कृषि एम्बुलेन्स’

काठमाडौं–  धादिङको नीलकण्ठ नगरपालिका–८ मा रहेको आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेडले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । कृषिजन्य उत्पादन संकलन तथा विक्रि वितरणमा सहज बनाउन सहकारीले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

Advertisement

कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनको सहज संकलन तथा बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको आकुरा कृषि तथा पशुपंक्षी सहकारीका अध्यक्ष शम्भु श्रेष्ठले बताए । ‘कृषि एम्बुलेन्स’ खरिदमा ३२ लाख खर्च भएको छ । कृषि एम्बुलेन्ससँगै एउटा स्कुटर पनि लिएका छौं’ उनले भने– ‘९ लाख रुपैया एक्सन नेपाल र हेफर इन्टरनेशनलको सहयोग रहेको छ भने करिव २३ लाख रुपैयाँमा सहकारीले व्यहोरेको हो ।’

आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेडले सुरु गरेको कृषि एम्बुलेन्सले धादिङको कुषि तथा पशुपालनले फड्को मार्ने नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाश कुमार श्रेष्ठले बताए । ‘ कृषकबाट उत्पादित तरकारी, फलफूल, दुध, माछा मासु लगायत कृषि तथा पशुजन्य उत्पादन संकलनले बजार पाएका छैनन् । किसान मारमा परेका छन् । तर अब किसानले उत्पादन गरेका वस्तु सहज विक्रि वितरण हुने र उचित मूल्य पाउने वातावरण बनेको छ ।’

धादिङ भरका उत्पादन संकलन तथा विक्रि वितरण गर्दै आएको छ । नेपालका प्रमुख शहर लगायत कतारमा समेत कृषिजन्य उत्पादनहरु निर्यात गरिएको छ । निकट भविष्यमा चिस्यान केन्द्र समेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट