रुवीभ्याली गाउँपालिकाले ल्यायो ४१ करोड २२ लाखको बजेट 

  • २०८३ अषाढ १२, शुक्रबार (१ मिनेट अघि)
  • १५ पटक पढिएको
रुवीभ्याली गाउँपालिकाले ल्यायो ४१ करोड २२ लाखको बजेट 

धादिङ– धादिङको रुवीभ्याली गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड २२ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

१९औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् । त्यसैगरी गाउँपालिका अध्यक्ष रामसिंह तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष  तामाङले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर समावेशी, दिगो र जनमुखी विकासका कार्यक्रम कार्यान्वयन गरिने बताएका छन् ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट