तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङ ‘धादिङ प्रज्ञा सम्मान २०८३’ द्धारा सम्मानित

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङ ‘धादिङ प्रज्ञा सम्मान २०८३’ द्धारा सम्मानित

काठमाडौं–  तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङलाई सम्मान गरिएको छ । सांस्कृतिक विविधता प्रर्वद्धनमा प्रसंशनिय भूमिका खेलेको भन्दै नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले सांस्कृतिक विमर्श तथा विशेष सम्मान समर्पण समारोहकाविच तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङलाई ‘धादिङ प्रज्ञा सम्मान २०८३’ बाट नगद २० हजार ८१ रुपैयासहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।

Advertisement

सम्मान ग्रहण गर्दै तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङका उपाध्यक्ष श्यामबहादुर गुरुङले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको सम्मानले गुरुङ समुदायको भाषा, कला, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा लाग्न थप प्रेरणा र हौसला मिलेको बताएका छन् ।

साथै, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले धादिङका मोतिकवि स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई ‘ललित प्रज्ञाश्री सम्मान–२०८३’ बाट सम्मान गरिएको छ । नेपाली साहित्यमा अतुलनीय योगदान पु¥याएको भन्दै मरणोपरान्त अर्याललाई एक कार्यक्रममाविच सम्मान गरिएको हो ।

मरणोपरान्त अर्याललाई गरिएको सम्मान उनकी श्रीमती विष्णु कुमारी अर्यालसहित परिवारले ग्रहण गरेका छन् । २० हजार ८३ रुपैयाँ नगदसहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको हो । साहित्य क्षेत्रमा पु¥याएको योगदान र संस्था नै खोलेर साहित्य क्षेत्रमा अरुलाई दिएको उत्प्रेरणा र उत्साहको उच्च कदर गर्दै धादिङका मोतिकवि स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले सम्मान गरेको अध्यक्ष बद्री प्रसाद दाहालले बताए ।

धादिङको माटोमा जन्मिएर साहित्य साधनाबाट धादिङको पहिचान बनाउने मोतिकविका रुपमा स्वर्र्गीय अर्याल परिचित रहेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका सदस्य सचिव प्रकाश पौडेलले बताए । पौडेलका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–२ आप्रीछापमा १९८८ चैत्र ७ गते जन्मिएका अर्यालयले नीलकण्ठ नगरपालिका–६ सुनौलाबचारमा तत्कालिन नेवारपानी संस्कृत माध्यामिक विद्यालयमा २०२० भदौ १३ गतेबाट सुरु गरेका थिए । उनले धादिङका नगन्य साहित्यप्रेमीहरुलाई उत्प्रेरणा र उत्साह जगाउदै धादिङको साहित्य क्षेत्रलाई नै उचो बनाए । उनले लेखेका २८ वटा भन्दा बढी पुस्तकहरु रहेका छन् । साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका मोतिकवि अर्याल २०७२ साउन ४ गते स्वर्गाहरण भएका थिए ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले मोतिकवि स्वर्गीय अर्यालले छाडेर जानुभएको देन धादिङको साहित्य क्षेत्रमा मार्गदर्शन बनेको बताएका छन् । ‘साहित्य क्षेत्रमा उहाँले अतुलनिय योगदान पु¥याउनु भएको छ । प्रतिष्ठानकै कारण यो पुस्ताले अर्याललाई चिनाएको छ । उहाँको योगदान, साहित्य क्षेत्रमा उर्जा, उत्पे्ररणा तथा उत्साह धादिङले सम्झिरहनेछ’ उनले भने ।

त्यस्तै, नीलकण्ठ नगरपालिकाले भाषा, कला, संस्कृति संरक्षणमा पनि विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन् । ‘हाम्रो भाषा, कला, संस्कृति हाम्रो पहिचान हो । हामीले संरक्षण, संवर्धन तथा पुस्तान्तरण गर्नुपर्छ । यहि क्षेत्रमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङ सम्मानित भएको छ । यसले अरु जातिजाति भाषाभाषीहरुलाई पनि हौसला र उत्साह थप्नेछ’ उनले भने।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट