धादिङमा ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

  • २०८३ अषाढ २३, मंगलबार (७ घण्टा अघि)
  • २२ पटक पढिएको
धादिङमा ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– ९ जोगीमाराबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले बस जाँच गर्ने क्रममा उक्त बसमा सवार यात्रुहरूको साथबाट ७८ हजार चार सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामा हाइड्रोक्लोराइड बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए । बरामद गरिएको लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा सात हजार ८४० वटा स्ट्रिप (प्रतिस्ट्रिप १० क्याप्सुल)फेला परेको हो ।

लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका– ३ का ४१ वर्षिय मोहनप्रसाद कुर्मी र ३५ वर्षिय प्रतिमा देवी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लागुऔषधका साथै दुई थान मोबाइलसमेत बरामद गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट