अवरुद्ध पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ खुल्यो

  • २०८३ अषाढ ३०, मंगलबार (१७ घण्टा अघि)
  • ६ पटक पढिएको
अवरुद्ध पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ खुल्यो

काठमाडौं- लगातार वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सुचारु भएको छ । लगातार वर्षाले बाढी पहिरोको जोखिम बढेपछि हिजोदेखि बन्द रहेको राजमार्गहरू सुचारु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सोमबार साँझ सवारी आवागमन बन्द रहेको जानकारी दिएको थियो। जोखिमको अवस्थालाई मध्यनजर गर्दै बन्द गरिएको राजमार्गहरू भर्खरै मात्र सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन् ।

मनसुनको अवस्थामा राजमार्गका विभिन्न ठाउँहरूमा होल्डिङ सेन्टरको व्यवस्था गरिएको उनले बताइन् । सिक्रे खोला, खानीखोला बजार, महादेवबेसी बजार, सिम्ले, गल्छी बैरेनी, आदमघाट, गजुरी, मलेखु बजार, विशालटार, मझिमटार लगायतका ठाउँहरूमा होल्डिङ सेन्टरको व्यवस्था गरिएको छ । अहिले जोखिमको अवस्था रहेको कारणले अति आवश्यक परेमात्र यात्रा गर्नुहुन्न उनले यात्रुहरुलाई अनुरोध गरेकी छन्।

रातिको समयमा पहिरोको जोखिम अत्यधिक भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी सञ्चालन रोकिएको थियो । उनले मनसुन अझै सक्रिय रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन् । यात्रा गर्नै परे ट्राफिक प्रहरीको १००, सशस्त्र प्रहरी बल १११४, आपत्कालीन सेवा केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सबैलाई आग्रह गरेकी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट