धादिङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

धादिङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

काठमाडौं– धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोप पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो ।

Advertisement

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन (स्रोतव्यक्ति) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्याकुरेलले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको बलियो आधार तयार गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै पालिकामा गरिएको सर्वेक्षणमा खोप लगाउन कोही पनि नछुटेको पाइएपछि यो घोषणा सम्भव भएको हो । जिल्लाका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ७ सय २४ बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ३४ बालबालिकाले सबै आवश्यक खोप पूर्ण रूपमा पाएका छन् ।

पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपंक्तिमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा सम्मान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट