‘मास्टर्नी’ चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग

  • २०८३ श्रावण १, शुक्रबार (८ घण्टा अघि)
  • १६ पटक पढिएको
‘मास्टर्नी’ चलचित्रको विवादित गीत हटाउन शिक्षक महासंघको माग

काठमाडौं- नेपाल शिक्षक महासंघले फिल्म ‘मास्टर्नी’ को ‘म्याथ सिक्ने भए…’ बोलको प्रबर्धनात्मक गीतलाई तुरून्त बन्द गर्न नेपाल शिक्षक महासंघले माग गरेको छ । ‘मास्टर्नी’ चलचित्रको प्रमोशनल गीत महिला शिक्षकप्रति लक्षित शब्द अमर्यादित भएको ठहर गर्दै महासंघले गीत हटाउन माग गरेको हो ।

Advertisement

यस गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति मार्फत जनाएका छन् । उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघले निर्माण पक्षलाई चेतावनी दिएको छ ।

उक्त गीतले निरन्तरता पाएमा असहज परिस्थिति उत्पन्न हुने र त्यसको जिम्मेवार निर्माता, सम्बन्धित कलाकार हुने चेतावनी दिइएको छ ।

५ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ ले प्रचारात्मक सामाग्रीका रूपमा गत मंगलबार सार्वजनिक गरिएको उक्त गीतलाई जनस्तरबाट समेत अधिकांशले ‘दुईअर्थी लाग्ने छाडा’ भनेका छन् । तर फिल्मकी निर्माता तथा कलाकारसमेत रहेकी प्रियंका कार्कीले भने उक्त गीतलाई केवल मनोरन्जनका लागि मात्र लिईदिन आग्रह गरेकी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट