काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका-३ पुछारबजारस्थित भैरवी इन्टरप्राइजेज लगातार तेस्रोपटक सर्वाधिक पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्प बनेको छ । गत दुई आर्थिक वर्षहरुमा सर्वाधिक पेट्रोलियम पदार्थ विक्री गर्दै आएको यस पेट्रोल पम्पले लगातार आर्थिक वर्ष ०८२/०८३ मा पनि देशभर सबैभन्दा बढी इन्धन कारोबार गर्ने पेट्रोलपम्पको सूचीमा रहेको हो ।
अमलेखगन्जका अनुसार यस पेट्रोल पम्पले गत आर्थिक वर्षमा एक अर्ब ९९ करोड ११ लाख ६० हजार २ सय ६५ रुपैयाँको पेट्रोल र डिजेल खरिद गरेको जनाएको छ ।
त्यस्तै, दोस्रो स्थानमा काठमाडौंको सामाखुसीस्थित प्रहरी कल्याण कोष पेट्रोलपम्प, तेस्रो स्थानमा चितवनको नारायणगढ चोकमा सञ्चालित कैलाश आयल डिस्ट्रिब्युटर्स, चौथो स्थानमा नेपाल आर्मीद्वारा काठमाडौंको भद्रकालीमा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेशन रहेका छन् ।
पाँचौँ स्थानमा ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी पेट्रोलपम्प, छैटौँ स्थानमा बुटवलको मिलन ब्रदर्स सप्लायर्स रहेका छन् । सातौंदेखि १०औँ नम्बरमा भने काठमाडौं उपत्यकाभित्रका पम्प रहेका छन् । सातौँ स्थानमा नक्सालस्थित प्रहरी कल्याण कोष पम्प, आठौँ स्थानमा भक्तपुर फ्युल सेन्टर, नवौँ स्थानमा बालाजुस्थित सत्यनारायण प्रालि र १०औं स्थानमा बागमती आयल सप्लायर्स रहेका छन् ।
एक अर्बभन्दा बढीको कारोबार गर्ने पम्पको संख्या १६
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार देशभर एक हजार पाँच सय ३० पेट्रोलपम्प सञ्चालनमा छन्। यीमध्ये वार्षिक एक अर्बभन्दा बढी रकमको कारोबार गर्ने पेट्रालपम्पको संख्या १६ वटा रहेका छन्।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
