राष्ट्रिय सभा चुनावका लागि एमालेसँग भएन सहमति, सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

  • २०८० पौष २१, शनिबार (६ महिना अघि)
  • ११५ पटक पढिएको
राष्ट्रिय सभा चुनावका लागि एमालेसँग भएन सहमति, सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

काठमाडौं– राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने भएको छ ।

Advertisement

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहमति नभएकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाको चुनावको सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी भएका चार दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए ।

लेखकले देशभरीको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए । उनले राष्ट्रिय सभाको सदस्य चुनावको विषयलाई लिएर आज ४ बजे फेरि बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्ने जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट