राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवारलाई चिह्न प्रदान

  • २०८० पौष २८, शनिबार (६ महिना अघि)
  • १७३ पटक पढिएको
राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवारलाई चिह्न प्रदान

काठमाडौं– आउँदो माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

Advertisement

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी, कर्णली र सूदुरपश्चिम प्रदेशमा छ÷छ जना गरी आठ राजनीतिक दलका ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् । यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट