चीनमा घुस लिएको अभियोगमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १५० पटक पढिएको
चीनमा घुस लिएको अभियोगमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय

काठमाडौं– चीनको सबैभन्दा ठूलो सरकारी बैंकमध्येको एउटा बैंकका पूर्वकार्यकारीलाई घुस लिएको आरोपमा २० वर्षको जेल सजाय भएको छ ।

Advertisement

चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष हे जिङजियाङलाई बेइजिङको एक अदालतले घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको ठहर गर्दै सजाय सुनाएको हो ।

६० वर्षीय हेमाथि ५१ लाख युआन अर्थात झण्डै सात लाख २० हजार अमेरिकी डलर जरिबानासमेत गरिएको चीनको सरकारी सञ्चार माध्ययमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । देशको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारबाहीअन्तर्गत चीनले यो कारबाही अघि बढाएको खबरमा उल्लेख छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट