काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । आज र भोलि ललितपुरको गोदावरीमा रहेको सनराइज सभाहलमा हुने बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये दुई हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र तीन सय ८१ जना आयोजक छन् । परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।
यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । परिषद् बैठकमा यसअघि भएको मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियानलगायतका विषय पनि समीक्षा हुने एमालेले जनाएको छ ।
दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमार्फत विगतका कामको विश्लेषण गर्दै भविष्यको मार्गचित्र खाका बनाउने एमालेको तयारी छ । दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ ।
१० गते गोदावरीमै हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुलाईसमेत एमालेले आमन्त्रण गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।