मेस्सीले जिते फिफा बेस्ट अवार्ड

  • २०८० माघ २, मंगलबार (६ महिना अघि)
  • १७७ पटक पढिएको
मेस्सीले जिते फिफा बेस्ट अवार्ड

काठमाडौं– वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् ।

Advertisement

इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए ।

३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात पेरिस सेन्ट जर्मेन पीएसजीबाट गरेका थिए ।

उनले पीएसजीका लागि सन् २०२३ मा नौ गोल गरे । उनले फ्रेन्च लिग वान् उपाधि जितेका थिए । पीएसजी छाडेर इन्टर मियामी गएपछि उनले अमेरिकामा लिग कप जिते । उनले इन्टर मियामीका लागि ७ खेलमा १० गोल गरे ।

सन् २०१६ मा नयाँ ढाँचामा सुरु भएको यो अवार्ड मेसीले तेस्रो पटक जितेका हुन् । यसअघि उनले सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट