प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १७२ पटक पढिएको
प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

काठमाडौं– प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

Advertisement

लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७।२ ओभरमा चार विकेट गुमाएर पूरा पूरा गरेको हो ।

बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए । बागमतीले १२ रन अतिरिक्त प्राप्त गर्यो ।

यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२।२ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

यो जितसँगै बागमती सबै ९ खेल खेलेर १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल प्रहरी क्लबको पनि १२ अंक छ । तर, रनरेटका आधारमा पहिलो स्थानमै कायम छ ।

६ खेलबाट २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट