गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा

  • २०८० माघ १५, सोमबार (६ महिना अघि)
  • ७३ पटक पढिएको
गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

Advertisement

गण्डकीबाट १७१ रनको मध्यम लक्ष्य पछ्याएको पुलिसले २४।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । लगातार सातौं जितसँगै पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

पुलिसका लागि दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा नट आउट रहे । आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८।३ ओभरमा १७० रनमा अल आउट भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट