आहा रारा गोल्डकप: फाइनल प्रवेशका लागि आज थ्री स्टार र जावलाखेल खेल्दै

  • २०८० माघ १७, बुधबार (५ महिना अघि)
  • १७५ पटक पढिएको
आहा रारा गोल्डकप: फाइनल प्रवेशका लागि आज थ्री स्टार र जावलाखेल खेल्दै

काठमाडौं – पोखरामा चलिरहेको २३औं संस्करणको आहा–रारा गोल्डकप फुटबलको फाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र जावलाखेलले खेल्दैछन् ।

Advertisement

पोखरा रङ्गशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल पर्सि शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट