यू–१९ साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १६७ पटक पढिएको
यू–१९ साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

काठमाडौं– बङ्गलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दैछन् ।

Advertisement

खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

खेलमा जित भएमा नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । चार टोली सहभागी प्रतियोगितामा आयोजक बङ्गलादेश दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपाल र भारतको दुई खेलबाट समान तीन अङ्क छ । लगातार दुई हार बेहोरेको भुटान अङ्कविहीन छ । नेपाल र भारतको समान अङ्क भए पनि भारत गोल अन्तरमा अघि छ ।

आजको खेलमा भारतले नेपालसँग बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट