क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १४८ पटक पढिएको
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।

क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए । निखिल दत्ता ४५ रनमा रन आउट भए । ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के ।

यस्तै हर्ष ठाकरले २९, श्रेयस मोभ्भाले २५, श्रीमन्था विजयरथेले २२, ओपनर आरोन जोनसनले ४, डिलोन हेलिगेरले ४ र निकोलस किर्तनले ३ रनको योगदान गरे ।

यस्तै कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे ।

नेपालका हेमन्त धामीले ३ विकेट लिए । कुशल मल्लले २ विकेट लिए । ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट