काठमाडौं– बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधिका लागि आज काठमाडौंको न्यूरोड टिम (एनआरटी) र मोरङ फुटबल क्लब खेल्दैछन् । फाइनल खेल धरान रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको हो ।
सेमिफाइनलमा आयोजक धरानलाई पेनाल्टीमा हराउँदै मोरङ र गएको संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै एनआरटी उपाधि नजिकै पुगेको हो । एनआरटीले १० औँ संस्करणको उपाधि जितेको थियो ।
प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।