काठमाडौं– फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको नेशनल स्टेडियममा सुरु हुनेछ ।
यसअघि बिहीवार भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको थियो । दशरथ रंगशालाको अवस्था खराब भएका कारण होम अर्थात घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनमै खेल्नुपर्ने भएको हो ।
अघिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट आज नखेल्ने भएका छन् । यस्तै यसअघिका दुई वटा खेलमा पहेंलो कार्ड पाएका मनीष डाँगी पनि आज खेल्ने छैनन् ।
समूह ’एच’ मा सबै तीन खेल जितेको यूएई नौ अंकसहित शीर्ष स्थानमा छ । बहराइन छ अंकसहित दोस्रो स्थानमा, तीन अंकसहित यमन तेस्रो स्थानमा र सबै तीन खेल हारेको नेपाल अंकबिहीन हुँदै पुछारमा छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।