काठमाडौं– पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।
वेस्ट इन्डिज ए का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश मोटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
हिजो भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।