उत्तर भारतमा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु

  • २०८० माघ २२, सोमबार (५ महिना अघि)
  • १५८ पटक पढिएको
उत्तर भारतमा सडक दुर्घटनामा परी ५ जनाको मृत्यु

एजेन्सी– भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

Advertisement

कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षणपछि बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई किशोरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् ।

छिमेकी राज्य मध्य प्रदेशमा विवाह पूर्वको समारोहबाट फर्किरहेका उनीहरूको गाडी दुर्घटनामा परेको थियो ।

उत्तर भारतका धेरै भागहरूमा विगत केही दिनदेखि बिहानको समयमा बाक्लो कुहिरो लागिरहेको छ । यसले हवाई, रेल र सडक यातायातमा प्रतिकूल प्रभाव पारेको छ ।

उत्तर भारतका पहाडी राज्यहरू हिमाचल प्रदेश र उत्तराखण्डका केही क्षेत्रहरूमा शनिबारदेखि हिमपात भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट