कलंकी नापीका सर्वेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २०८० फागुन २०, आईतबार (२ साल अघि)
  • ५५९ पटक पढिएको
कलंकी नापीका सर्वेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Advertisement

उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए ।

आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदावी गरेको छ । त्यस्तै गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइएको छ ।

त्यस्तै चौलागाईविरुद्ध ५० हजार बिगो कायम हुने गरी कैद सजायको मागदावी लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट