बेनीघाट रोराङ गाउँपालिकामा ‘प्रविधिमैत्री सीप प्रतियोगिता’ हुने

  • २०८२ जेष्ठ २३, शुक्रबार (१ महिना अघि)
  • ४२९ पटक पढिएको
बेनीघाट रोराङ गाउँपालिकामा ‘प्रविधिमैत्री सीप प्रतियोगिता’ हुने

धादिङ— बेनीघाट रोराङ गाउँपालिकामा ‘प्रविधिमैत्री सीप प्रतियोगिता’ हुने भएको छ । शिक्षकहरूको प्रविधि प्रयोग सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

Advertisement

गाउँपालिकाको वार्षिक शैक्षिक कार्ययोजना अन्तर्गत सञ्चालन हुने प्रतियोगिता भाद्र २८ गतेसम्म हुने शिक्षा शाखाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक शिक्षकहरूले असार १५ गतेभित्र आफ्नो नाम, विद्यालय, पढाउने तह, विषय र सम्पर्क विवरणसहित गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बोधराज पाठकले बताए ।

पाठकका अनुसार शिक्षकहरूको प्रविधि तथा सिर्जनात्मक क्षमतालाई अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिने प्रतियोगितामा तह अनुसार छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा सहभागी शिक्षकहरूले युनिकोडमा नेपाली टाइप गरी फाइल सुरक्षित राख्ने र प्रिन्ट गर्न सक्ने, PowerPoint प्रस्तुति तयार गर्ने, Word र Excel  प्रयोग गरी शैक्षिक सामग्री निर्माण तथा विवरण विश्लेषण गर्ने, शैक्षिक सामग्री वेबसाइटमा अपलोड गर्ने र File Attachment सहित Email पठाउने जस्ता सीपहरू प्रदर्शन गर्नुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले प्रविधिको माध्यमबाट शिक्षण–सिकाइलाई प्रभावकारी बनाउने दीर्घकालीन उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘शिक्षा शाखाका अनुसार यस्तो प्रतियोगिताबाट शिक्षकहरूमा डिजिटल साक्षरताको विकास हुने, सिर्जनात्मकता अभिवृद्धि हुने र प्रविधिमैत्री शिक्षण पद्धति विस्तार हुने अपेक्षा गरिएको छ । गाउँपालिकामा प्रविधिमैत्री शैक्षिक अभ्यासको सुरुवात हुनेछ । शिक्षकहरूलाई प्रविधिमा दक्ष बनाउँदै गुणस्तरीय शिक्षण प्रणाली निर्माण गर्ने हाम्रो लक्ष्य हो’ उनले भने ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई राष्ट्रिय शिक्षक दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट