एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १८७ पटक पढिएको
एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो

काठमाडौं– एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशत घटेको छ ।

Advertisement

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ६ महिनामा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।

त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो ।

बैंकको लिन फि तथा कमिसन बापतको रकम भने वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म फि तथा कमिसन बापत एक अर्ब २० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब तीन करोड ९२ लाख रुपैयाँ खुद फि तथा कमिसन आर्जन गरेको थियो ।

हाल बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट