एनसेल सेयर खरिद–बिक्री यथास्थितिमा कार्यान्वयन नगर्न छानबिन समितिको सुझाव

  • २०८० माघ १६, मंगलबार (५ महिना अघि)
  • ८२ पटक पढिएको
एनसेल सेयर खरिद–बिक्री यथास्थितिमा कार्यान्वयन नगर्न छानबिन समितिको सुझाव

काठमाडौं– एनसेलको सेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले एनसेलको सेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष निकालेको छ ।

Advertisement

समितिले आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ । डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक टङ्कमणि शर्माले एनसेल सेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन गर्नेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको जानकारी दिए । उनले स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशङ्का रहेको भन्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरिएको बताए ।

एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको अध्ययनले देखाएको छ ।

समितिले एनसेल खरिदकर्ता स्पेक्ट्रलाइट यूकेको प्राविधिक क्षमतामाथि नै प्रश्न उठाएको छ । खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिलाई अध्ययन गर्नुपर्ने समितिको सुझाव छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट