सेयर बजारमा ३०.९२ अंकको गिरावट

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १८१ पटक पढिएको
सेयर बजारमा ३०.९२ अंकको गिरावट

काठमाडौं– आज पनि सेयर बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ ।

आज ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

समाज लघुवित्तका लगानीतकर्ताहरुले आज सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६.५० रुपैयाँ बराबरको कारोबार भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट