६० किलो सुन प्रकरणमा अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १६१ पटक पढिएको
६० किलो सुन प्रकरणमा अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं– ६० किलो सुन प्रकरणमा फरार रहेकी प्रतिवादी अमला रोकाविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

Advertisement

रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो ।

सिआइबीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको सिआइबी प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनी काठमाडौंको ठमेलस्थित भियना होटल सञ्चालक समेत हुन् । उनका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ प्रहरीको हिरासतमा छन् ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो ।

सुरूमा विभागले अनुसन्धान गरेपनि पछि अन्तरदेशीय अपराध र संगठित अपराध जोडिएपछि सिआइबीले अनुसन्धान थालेको थियो । दावा छिरिङलाई विभागकै टोलीले पक्राउ गरेपछि अमला भने फरार भएकी थिइन् ।

यस घटनामा तस्कर समूहले ३०२ किलो सुन तस्करी गरेको सिआइबीको निष्कर्ष थियो । यही टोलीले ९ किलो भेपमार्फत् सुन तस्करी गरेको पनि प्रहरीको भनाइ छ ।

जसक्रममा प्रहरीले २६ जनालाई पक्राउ गरी मुद्दा बुझाएको थियो । जिल्ला अदालत काठमाडौंले असोज १९ गते २५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।

त्यस आदेशविरूद्ध दावासहित अभियुक्तहरू उच्च अदालत पाटनमा उक्त आदेशविरूद्ध निवेदन दिन पुगेका थिए । जसमा ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । दावासहित १२ अभियुक्तलाई भने जिल्लाकै आदेश सदर गरी पुर्पक्षका लागि थुनामै राख्न भनेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट