रसियन सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न कांग्रेस महामन्त्री शर्माको माग

  • २०८० माघ २८, आईतबार (५ महिना अघि)
  • १५५ पटक पढिएको
रसियन सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न कांग्रेस महामन्त्री शर्माको माग

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसियन सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् ।

Advertisement

आज प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए । उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट