सेयर बजारमा सामान्य अंकको गिरावट

  • २०८० पौष २६, बिहिबार (६ महिना अघि)
  • १५६ पटक पढिएको
सेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं– लगातार तीन दिनसम्म बढेको सेयर बजारमा आज गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ ।

Advertisement

आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । चार अर्ब ३० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट