धादिङमा मगर संग्राहलय बनाउन बागमती सरकारले सहयोग गर्छ– मूख्यमन्त्री जम्कट्टेल

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • २१९ पटक पढिएको
धादिङमा मगर संग्राहलय बनाउन बागमती सरकारले सहयोग गर्छ– मूख्यमन्त्री जम्कट्टेल

धादिङ- धादिङमा मगर संग्राहलय निर्माणको लागि सहयोग गर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले आयोजना गरेको खुल्ला कौह्रा लोक नृत्य प्रतियोगिताको सम्बोधन गर्दै मूख्य मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् ।

Advertisement

‘तपाईहरु संग्राहलय बनाउन तयारी गर्नहोस् । धादिङमा चेपाङ संग्राहलय बनाउदैछौं, मगर जातिको कला, संस्कृति र पहिचान स्थापित गर्ने मगर संग्राहलय बनाऔं’ उनले भने– ‘सबै जातजातिको भाषा, धर्म, संस्कार, कला संस्कृति सहितको पहिचानलाई संरक्षण र स्थापित गर्न प्रदेश सरकार लागेको छ । तपाईहरु जुट्नुस् । मगर संग्राहलय निर्माणको लागि जग्गा खोज्नुस् । मगर संग्राहलय बनाऔं । बागमती सरकारले सहयोग गर्छ ।’

‘अहिलेको व्यवस्थाले देशको हरेक क्षेत्रमा समानुपातिक समावेशी बनेको छ । स्थानीय तहदेखि केन्द्रसम्म मात्र नभई धर्म संस्कृति, राजनिति, सेना प्रहरी, संघ संस्था सबैमा समानुपातिक समावेशी अधिकार छ । हामीले खोजेको अहिलेको जस्तो व्यवस्था हो’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट