आहा रारा गोल्डकप: मच्छिन्द्र र जावलाखेल पहिलो पटक खेल्दै

  • नेपाल पथ
  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • १६१ पटक पढिएको
आहा रारा गोल्डकप: मच्छिन्द्र र जावलाखेल पहिलो पटक खेल्दै

काठमाडौं– पोखरामा जारी २३औं आहा रारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

Advertisement

दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा हुने खेलमा अहिलेसम्म कुनै पनि संस्करणमासँगै नखेलेका मच्छिन्द्र र जावलाखेलबीच खेल हुन लागेको हो ।

आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । अन्तिम ५ का लागि आजको विजेता टोलीले यही माघ १५ गते मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ ।

आहा राराको २३औँ संस्करणसम्म आइपुग्दा दुवै टोली उपाधिविहीन छन् । प्रतियोगितामा अहिलेसम्म क्वार्टरफाइनल अघिका २ वटा खेल भइसकेका छन् ।

जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट