शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरले हटायो

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १४५ पटक पढिएको
शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरले हटायो

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई हटाएको छ । विभिन्न माग राखेर शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई आज नगर प्रहरीले हटाएको हो ।

Advertisement

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुरक्षाको कारण देखाउँदै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोकेपछि मिटरब्याज पीडित, धनुषाकी आरती साहका परिवारलगायतले शान्तिवाटिकामा प्रदर्शन गर्दै आइरहेका थिए । नगर प्रहरीले उनीहरूको समानसमेत बाहिर निकालेर शान्तिवाटिकामा ताला लगाएको छ ।

गएको मङ्सिर ७ गते नेकपा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा हुने लागेको प्रदर्शनलाई हेरेर काठमाडौं जिल्ला प्रशासनले माइतीघरलगायतका क्षेत्रमा जारी गरेको निषेधाज्ञा अझै हटेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट