एमाले धादिङको अध्यक्षमा पुन: त्रिपाठी निर्वाचित

एमाले धादिङको अध्यक्षमा पुन: त्रिपाठी निर्वाचित

 

Advertisement

काठमाडौं- नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन् ।
त्रिपाठीले ३०९ मत ल्याउदा उनका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा अर्जुन श्रेष्ठ(गोर्खाली) ले ३१५ ल्याउदा उनका प्रतिद्वन्द्वी रामकुमार आचार्य २३२ ले मत ल्याएका छन् । सचिवमा राधिका सापकोटाले ३३८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २०९ मत प्राप्त गरेका छन् ।

महिला उप सचिवमा उर्मिला रेग्मीले ३५१ ल्याउदा खुपी कुमारी तामाङले १९६ ल्याएकी छन् । खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३४८मत ल्याउदा उनका प्रतिद्वन्द्वी काजी श्रेष्ठले १९९ मत प्राप्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट