यू–१९ विश्वकप क्रिकेट: अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १७१ पटक पढिएको
यू–१९ विश्वकप क्रिकेट: अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं– आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो ।

Advertisement

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए ।

अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट